हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएकी छिन् ।
हेटौंडा अस्पतालको नयाँ भवनको उद्घाटन कार्यक्रममा सहभागि हुनको लागि राष्ट्रपति भण्डारी फागुन ९ गते हेटौंडा आउने भएकी हुन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अधिनमा रहेको अस्पतालको नयाँ भवन उद्घाटन राष्ट्रपति भण्डारीद्वारा हुने कार्यक्रम तय भएपछि राष्ट्रपति भण्डारी हेटौंडा आउने भएकी हुन् ।
फागुन ९ गते पौने १२ बजे हेटौंडा आइपुग्ने समय तय भएको हेटौंडा अस्पताल व्यावस्थापन समितिका अध्यक्ष तथा मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस्