हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ९ ज्यामिरेमा रोकिराखेको ना ६ ख ४५२० नम्बर को डिब्बा ट्रकबाट १ सय ५८ किलो लागूऔषध गाँजा बरामद भएको छ ।
गएराति सशस्र प्रहरी बल पोष्ट कत्लेखोलाको गस्ती टोलिले रोकिराखेको ट्रक चेकजाँच गर्ने क्रममा ट्रकको क्याबिनबाट १ सय ५८ किलो (१२ वटा पोकामा) गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्रकको चालक र सहचालकको खोजि गर्नेक्रममा गएरातिनै सोही स्थानको नजिकैबाट जिल्लाको थाहा नगरपालिका–३ गोपालीगाउँ बस्ने १८ वर्षीय विशाल गोपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार ट्रक जिल्लाकै थाहा नगरपालिकाबाट मनहरी आएको थियो । तर गाँजा लिएर कहाँ जान लागेको भन्ने खुलेको छैन् । ट्रकका चालक फरार रहेको र खोजि कार्य भइरहेको डिएसपी कार्कीले बताए । घटनाको आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले छ ।












प्रतिक्रिया दिनुहोस्