हेटौंडा । हेटौंडा–१ चौकीटोलमा सवारी दुर्घटना हुँदा हेटौंडा–६ चौघडाका एक व्यक्तिको ज्यान गएको छ ।
त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा–१ चौकीटोल स्थित तिरतिरेधारा नजिक मोटरसाइकल दुर्घटनामा परि हेटौंडा–६ चौघडा पुतलीबजारका अन्दाजी ५५ बर्षीय कृष्ण प्रसाद सापकोटाको ज्यान गएको हो । घटनास्थलमा प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्की सहितको टोली रहेको थप जानकारी आउन बाँकी रहेको छ ।
दुर्घटना लगत्तै स्थानीयले त्रिभुवन राजपथ अवरुद्ध गरेका थिए । मृतक हेटौंडमा रहेको यातायात व्यवस्था कार्यालयका सुब्बा रहेको स्रोतले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्