हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. २ मा रहेको वनस्खण्डी देवी मन्दिरलाई ५० हजार बराबरको कम्प्युटर र टेवलकुर्सी सहयोग प्राप्त भएको छ ।
हेटौंडा–२, मानसचोक घर भई हाल अमेरिका निवासी जनार्जन कँडेलले आफ्ना स्वर्गिय पिताको १६ औं तिथीमा वनस्खण्डी देवी मन्दिरलाई कम्प्युटर र टेवलकुर्सी सहयोग गरेका हुन । उनको आफ्न्त वासु र सुमित्रा कँडेलले कम्प्युटर वनस्खण्डी मन्दिर पर्यटन विकास समिति हेटौंडा २ का अध्यक्ष राममान श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
हेटौंडा उपमहानगरपालिका वडा नं. २ का वडा सदस्य इन्द्र प्रसाद रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्दिर समितिका उपाध्यक्ष रामचन्द्र बतौंता, सदस्य शुशिला महर्जन, गणेश हुमागाई, कार्यालय सचिव चन्दा खड्का, स्थानीयवासी लक्ष्मी प्रसाद लामिछाने, कमल बस्नेत लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रम मन्दिर समितिका कोषाध्यक्ष राजुराम राउतले संचालन गरेका थिए ।a












प्रतिक्रिया दिनुहोस्