हेटौंडा । मकवानपुर घर जग्गा व्यवसायी संघको चौथो साधारण सभा एंव दोश्रो अधिवेशनबाट अध्यक्षमा कमल मैनाली चयन भएका छन ।

अधिबेशनले मैनालीको अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राजकुमार बानियाँ, भिम प्रसाद तिमल्सीना (पबन), युवाकर मैनाली, महासचिबमा शम्भु पुडासैनी, सचिवमा बिजय गौतम, कोषाध्यक्षमा कृष्ण प्रसाद चौलागाई र सहकोषध्यक्षमा दिपेन्द्र यादवलाई चयन गरेको हो ।

समितिको सदस्यहरुमा क्रमशः गणेश भ्लोन, गोपाल कृष्ण नेपाल, राजकुमार बास्तोला, राजकुमार थिग, शंकर राउत चयन भएको निर्वाचन अधिकृत ईश्वर राज ढकालले जानकारी दिए ।