हेटौंडा । सामाजिक अभियान्ता कृष्ण कोइरालालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
हेटौंडा २ स्थित जमादार ग्रुपले सञ्चालनमा ल्याएको स्वदेशी सुपरमार्केट उद्घाटन कार्यक्रममा पुगेकोमा प्रहरीले नियन्त्रणमा लिएको कोइरालाले बताएका छन् । उनले उक्त कार्यक्रमा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा आउने भनिएकोमा मानव तस्करीकोे आरोप लागेकी राणालाई हेटौंडामा बहिस्कार गरौं भन्दै सामाजिक सञ्जालमा लेखेका थिए ।












प्रतिक्रिया दिनुहोस्