हेटौंडा । मकवानपुरको हेटौंडा उपमहागरपालिका वडा नं.११ म हेटौंडा एकेडेमी बोर्डिङको भ्यान दुर्घटना हुँदा ४ जना बालबालिका घाइते भएका छन ।
हेटौंडा एकेडेमी बोर्डिङ स्कुलको बा ६ च ८०५७ नम्बरको भ्यान विद्यार्थी लिएर सहिद स्मारकबाट डाङ्डुङ्गेतर्फ जाने क्रममा शान्तिचोक स्थित बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा हेटौंडा उपमहानगरपालिका–११ डाङ्डुङ्गे बस्ने अन्दाजी ५ बर्षीय शुसिला घर्ति, अन्दाजी ६ बर्षीय रिम्किशा राना मगर, सन्जिब थाहा र अन्दाजी ७ बर्षीय उमेश गजुरेल घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेहरुको घुँडा, टाउको र मुखमा चोट लागेको छ भने उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भ्यानको ह्याण्डिल लक भएर विद्युतको पोलमा ठोक्किँएर दुर्घटना भएको हो । उनीहरुको चुरेहिल अस्प्तालमा उपचार भएको प्रहरीले जनाएको छ । भ्यान र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्