हेटौंडा । मकवानपुरको हेटौंडा अस्पताल पूर्ण रुपमा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान मातहत आएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को साविकको व्यवस्था जगाउने सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रमाणीकरण गरेसंगै प्रतिष्ठान मातहत हेटौंडा अस्पताल आएको हो ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभा सचिवालयबाट प्राप्त भई आएको सो विधेयक प्रमाणीकरण गरेका हुन । प्रतिष्ठान र हेटौंडा अस्पताललाई बागमती प्रदेशका तत्कालिन मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको सरकारले अध्यादेश मार्फत प्रतिष्ठान र अस्पताललाई अलग गराएको थियो । फेरी पहिलेको ऐनलाई जगाउनेगरी बिधेयक प्रमाणिकरण भएपछी अस्पताल पनि पूर्ण रुपमा प्रतिष्ठान मातहत आएको हो ।












प्रतिक्रिया दिनुहोस्