हेटौंडा । गणतन्त्र दिवस २०८० को पूर्वसन्ध्यामा हेटौंडाको बुद्ध चोकमा आयोजना गरिएको रक्तदानमा प्रदेश मन्त्री सहित ३२ जनाले रक्तदान गरेका छन । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले रक्तदान गरेर रक्तदान कार्यक्रमको सुरुवात गरेका थिए । एक जना महिला सहित ३१ जना पुरुषले रक्तदान गरेका थिए ।
स्वास्थ्य मन्त्रालयको आयोजना तथा स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी र हात्तेमालाृ बचत तथा ऋण सहकारी संस्थाको सहयोग एवं सहकार्यमा रक्तदान कार्यक्रम गरिएको हो । गणतन्त्र दिवस २०८० भव्यताका साथ मनाऔं भन्ने मुल नाराका साथ विहान ७ बजेदेखि १० बजेसम्म सार्वजनिक रक्तदान कार्यक्रम गरिएको थियो ।
रक्तदान कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी, प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ, श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, स्वास्थ्य मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक एवं महाशाखा प्रमुख दिपक प्रसाद तिवारी, स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे, हातेमालो साकोसका कोषाध्यक्ष सिताराम दाहाल, रक्त संचार केन्द्रका प्रमुख टंक प्रसाद दाहाल लगायतकाको सहभागिता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्