हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी महानिरीक्षक (डिआइजी) किरण राणाले अपराध न्युनिकरण गर्न सहकार्य आवश्यक रहेको बताएकी छिन । उनले बुधबार हेटौंडाका क्रियाशिल पत्रकारहरुसँग छलफल तथा अन्तरक्रियाको क्रममा प्रहरी र पत्रकारबिच सहकार्य आवश्यक भएको बताइन् ।उनले समाजमा देखिएका समस्या समाधानमा पत्रकार र प्रहरी मिलेर काम गर्नुपर्ने बताईन ।
आन्तरिक संगठन शुद्धिकरण पनि आफ्नो मुख्य उद्देश्य भएको बताउँदै उनले संगठनमा भएको गल्ति कमिकमजोरीलाई औल्याई दिन पनि उनले आग्रह गरिन् । पत्रकारहरुले कतिपय अवस्थामा प्रहरीबाटै पनि कमिकमजोरी हुने गरेको बताउँदै आफु सहि भएमात्र अरुलाई पनि सुधार्न सकिने बताएका थिए ।
प्रहरीको सुरक्षामा सुधार ल्याउन आफुले नयाँ कन्सेप्ट लिएर जिल्लामा स्मार्ट कन्ट्रोल रुम निर्माणमा लागीपरेको बताउँदै चालु आवमा नै निर्माण सम्पन्न गरी सुचारु गर्ने तयारीमा रहेको डिआइजी राणाले बताएकी थिईन् । उनले आगामी आर्थिक बर्षको बजेटमा काभ्रे र चितवन बन्ने स्मार्ट कन्ट्रोलको रुमले सुरक्षामा अगाडि बढ्न सहज हुने बताईन् ।
कार्यक्रमा कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक एंव प्रवक्ता दीपक रेग्मीले चालु वर्षको बागमती प्रदेश प्रहरी कार्यलयले गरेका विभिन्न क्षेत्रका कामको प्रगति विवरण समेत सार्वजानिक गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्