हेटौंडा । मकवानपुरमा उजाड भएका ११ वटा सामुलदायिक वनहरुलाई ५३ लाख ७० हजार रुपैयाँको लागतमा दिर्घकालिनरुपमा हरियो बनाउनको लागि बृक्षारोपण सहित बाँसको घेरा हालिएको छ । डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत बसन्तराज गौतमको अनुसार हैसियत बिग्रेको वनहरुलाई सदाको लागि हरियाली बनाउन उक्त कार्यक्रम लागु गरिएको हो ।
चालु आर्थिक वर्षमा मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–६ मा रहेको सल्लेडाँडा सामुदायिक वन उपभोक्ता समुह, नमोबुद्ध सामुदायिक वन उपभोक्ता समुह, भैरब सामुदायिक वन उपभोक्ता समुह, वडा नम्बर–७ मा रहेको शक्तिाशाली सामुदायिक वन उपभोक्ता समुह, बागमतीकै वडा नम्बर–१ मा रहेको त्रिबेणि सामुदायिक वन उपभोक्ता समुह, वडा नम्बर–२ मा रहेको बेलघारी सामुदायिक वन उपभोक्ता समुह, बकैया गाउँपालिका वडा नम्बर–२ मा रहेको कल्याण सामुदायिक वन उपभोक्ता समुह, बकैयाँ–७ मा रहेको प्रतिभा सामुदायिक वन उपभोक्ता समुह र बकैयाँ–८ मा रहेको कालेश्वर सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा हैसियत बिग्रेको वन क्षेत्रलाई पुनरुत्थान गरिएको सहायक वन अधिकृत गौतमले जानकारी दिए ।
सहायक वन अधिकृत गौतमले डिभिजन वन कार्यालयले लगानी गरेको वनमा सबै सरसफाइ गरेर घेराबारा समेत गरेर चरिचरण नियन्त्रण गर्दै बृक्षा रोपण गरेर भविस्यमा आमदानी लिन सक्ने वातावरण तयार गर्न लागिएको बताए । उनका अनुसार हैसियत बिग्रेको वन क्षेत्रको संरक्षणका लागि वन हेरालु राख्ने र भइरहेका अतिक्रमणहरुलाई रोक्नका लागि मद्धत पनि पुग्ने छ । उनले भने “स्थानीय वन समितिका उपभोक्तालाई यो कार्यक्रम लैजाँदा अस्थायी प्रकृतिको रोजगारी पनि भयो र आफ्नै वन पनि व्यवस्थापन भएको छ ।”
यस कार्यक्रमले मकवानपुरका बिभिन्न वन समूहमा आबद्ध गरिब किसानले हैसियत बिग्रेका वन व्यवस्थापन गरी पछी राम्रो आम्दानी गर्न बताइएको छ । वनमा विभिन्न जातका रुख, फलफूल, जमिन मलिलो गराउने विभिन्न जातका बोटबिरुवा, घाँस, डालेघाँस लगाउने कार्य भएको डिभिजन वन कार्यालयले जनाएको छ । यसको साथै घाँसले पशुपालन गर्नेतिर किसानलाई उन्मुख गराउने बताइएको छ ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर–४ मा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समुहमा उक्त कार्यक्रम संचालन पछी हरियाली र सुन्दर बन्ने बिस्वास रहेको उक्त सामुदायिक वन समुहका अध्यक्ष सकेलाल लोले बताए । उनको अनुसार वन क्षेत्रमा झाडीको फडानी गर्ने काम गर्नुको साथै लहरा काटिएको छ । वन क्षेत्रमा रहेका थाकलका बुट्यानहरु नष्ट गर्दै बाँसको घेराबारा गरेर बिभीन्न जातका विरुवा रोपिएको अध्यक्ष लाले जानकारी दिए । बाँसको घेराबारा भित्र बाँस, सजिवन लगायतका ३ हजार ६ सय बिरुवा रोपिएको उनको भनाई छ ।
यसैगरी मकवानपुरको पूवी गाउँपालिका वकैया–७ मा रहेको हात्तिचरण सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा पनि हैसियत बिग्रेको सामुदायिक वनलाइ सबै मिलेर पुनरुत्थान गरिएको बताइएको छ । वनको ३ हेक्टर क्षेत्रफलमा कार्यक्रम संचालन दगरिएको वन समुहका का अध्यक्ष पोस बहादुर घिमिरले बताए । यस क्षेत्रको खाली रहेको जमिनमा चाँप, टाँकी, काभ्रो, सजिवन, अमला लगायतका ३ हजार वटा विरुवा रोपिएको उनले जानकारी दिए ।
वनमा आश्रित अति गरिब र सीमान्तकृत समुदायको उत्थानमा पनि यस कार्यक्रमले सहयोग गर्ने डिभिजन वन कार्यालय मकवानपुरले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्