हेटौंडा । मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित हेटौंडाबाट दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं.१५ स्थित रातोमाटेबाट चोरीको मोटरसाइकल सहित दुई जना पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा बारा करहैयामाई नगरपालिका वडा नं. ७ बस्ने २४ वर्षीय अरविन्द चौधरी र सोही स्थानका २२ वर्षीय अर्जुन चौधरी रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले बा.प्र.०६–०२ प २३४ नम्बरको चोरीको मोटरसाइकल सहित चौधरी द्वयलाई पक्राउ गरेको थियोे ।
उक्त मोटरसाइकल चितवनबाट चोरी गरी ल्याएको अनुसन्धानबाट पत्ता लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुलाई आवश्यक कारबाहीको लागि उक्त चोरीको मोटरसाइकल सहित दुबैलाई जिल्ला प्रहरी कार्यालय चितवनमा पठाईएको छ ।












प्रतिक्रिया दिनुहोस्