हेटौंडा । हेटौंडा–६ नंं वडा कार्यालयले वडाबासीहरुको आर्थिक स्थितिमा सुधार ल्याउन बाख्रा वितरण गरेको छ । वडाको चालु आव. ०७९/०८० को स्वीकृत बार्षिक कार्यक्रम अनुसार बाख्रा वितरण गरिएको हो ।
वडामा रहेका न्यून आय भएका दलित, जनजाती आयआर्जन कार्यक्रम अन्तरगत ३९ जनालाई बाख्रा वितरण गरिएको वडा सचिव आमोद प्रसाद मैनालीले बताए । ‘वडा कार्यालयले हामी जस्ता दलितहरुलाई बाख्रा वितरण गरेर आर्यआर्जन गर्ने बाटो खोलेको छ, यसमा हामी अत्यन्त खुशी छौं’–बाख्रा पाएपछि कमला बयलकोटीले भनिन् ।
‘बाख्राको माध्यमबाट आर्थिक स्थितिमा सुधार ल्याउन सकिन्छ, वडा अध्यक्ष विष्णु दाहालले बाख्रा वितरण गर्दै भने ।’ वडा कार्यालय समग्र वडाको विकासमा लागिपरेको भन्दै उनले वडाको विकास सन्तुलित किसिमबाट गरिने बताए ।
कार्यक्रममा वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, मुना बिक., सरिता सापकोटा, वडा सचिव आमोद प्रसाद मैनाली, कम्प्युटर अपरेटर रामशरण आचार्य, सञ्चारकर्मी भीमसेन पौडेल, स्थानीय लगायतको सहभागिता थियो ।
वडा कार्यालयले एकल महिलाहरुको लागि जनै बनाउने तालिम, ब्युटी पार्लर तालिम, विद्यालयलाई प्रोजेक्टर सहयोग, सहकारीलाई कम्पयुटर, प्रिन्टर सहयोग ,भवन निर्माणमा सहयोग लगायतका कार्यहरु गर्दै आएको छ ।












प्रतिक्रिया दिनुहोस्