हेटौंडा । ट्रकले ठक्कर दिदा हेटौंडामा एकजना पैदलयात्रीको मृत्यु भएको छ । आज साँझ हेटौंडा उपमहानगरपालिका वडा नं. १० स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुरको मोडमा ट्रकको ठक्करबाट घाईते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको हो ।
हेटौंडाबाट थानाभ¥याङ तर्फ जाँदै गरेको ना.६ ख ८८९० नं.को ट्रकले बाटो क्रस गर्ने क्रममा हेटौंडा–१० का ६३ वर्षीय लाल बहादुर घिसिङलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट दुबै खुट्टा र टाउकोमा चोट लागि गम्भिर घाईते भएका घिसिङको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घिसिङको शव हेटौंडा अस्पतालको शवगृहमा रहेको छ भने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिसपी एवं प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।











प्रतिक्रिया दिनुहोस्