हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी हेटौंडा–६ को बिस्तारित बैठक भएको छ । बैठक नेपाल एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको हो । बैठकमा उनले एमाले पार्टी मजदुर,किसान,जनजाती, पिछडिएका बर्गको उत्थान गर्ने पार्टी भएकाले एमालेको सरकारले मात्रै देशको विकास गर्न सक्ने दाबि गरे ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य रामेश्वर राना, बैठकमा एमाले बागमती प्रदेश कमिटी सदस्य श्रीधर पोखरेल, भोजराज ढकाल, जिल्ला अध्यक्ष एवम प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, हेटौडा–४ का वडा अध्यक्ष एवम जिल्ला सचिव नविन सिग्देल, हेटौडा–१५ का वडा अध्यक्ष सुनिल मुक्तान, जिल्ल्ला सदस्य विष्णुप्रसाद चौलागाई लगायतको आतिथ्यता रहेको थियो ।
बैठकले पार्टीलाई गतिशिल बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । सामाजिक सामुदायिक संघसंस्था संयोजक बासुदेव अधिकारी, जनसंगठन समन्वय संयोजक विष्णुप्रसाद ढुङगाना, स्थानीय तह वडा संयन्त्र संयोजक विश्वराज राई, विदेशमा रहेकाहरुको तथ्याङ संकलन संयोजक लेखराज ढकाल, सामाजिक लेखा परिक्षण संयोजक श्याम प्रसाद भट्टराई, प्रचारप्रसार संयोजकमा भीमसेन पौडेललाई जिममेवारी दिईएको छ । विस्तारित बैठक नेकपा एमाले हेटौडा ६ नंं वडा कमिटिका अध्यक्ष विश्वराज राईको अध्यक्षतामा बसेको थियो ।











प्रतिक्रिया दिनुहोस्