हेटौंडा । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ मकवानपुरले शनिवार हेटौंडामा चियापान तथा भेटघाट कार्यक्रम गरेको छ ।
अभियान मकवानपुर अध्यक्ष भीम बहादुर राउतको प्रमुख आतिथ्यता एवं राजेन्द्र गौतमको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रदेश संयोजक बासु कार्की, नगर अध्यक्ष रमेश ठकुरीको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अभियानका सल्लाहकार सुन्दरजंग शाही, महिला जिल्ला अध्यक्ष रेनु गौतम, नगर सह–कोषाध्यक्ष हातिम मियाँ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । जिल्ला सल्लाहकार कृष्णशरण जोशीले कार्यक्रम संचालन गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्