हेटौंडा । नगरस्तरीय बाल समूह संजालको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा शनिबार हेटौंडामा भएको नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा १० नं. वडा प्रथम भएको छ । प्रतियोगितामा १७ नं. वडा द्वितीय, ४ नं. वडा तृतीय र ११ नम्बर वडा चौथो भएको छ ।

बालमैत्री स्थानीय शासन घोषणाको तयारीमा रहेको हेटौँडा उपमहानगरपालिकाले बालमैत्री क्रियाकलापको रुपमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा विजयी हुने बालबालिकालाई पुरस्कारस्वरुप पुस्तक, पेन र डायरी वितरण गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता एवं नगरस्तरीय बालसमुह संजालका अध्यक्ष सौरज देवकोटाको सभाध्यक्षतामा हाजिरीजवाफ प्रतियोगिता भएको हो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उप प्रमुख राजेश बानियाँ, महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने, बालमैत्री वडा सम्पर्क व्यक्तिहरु, वडा सहजकर्ताहरु, वडास्तरीय बालसमुह संजालका प्रतिनिधिहरु, नगर सजांलका प्रतिनिधिहरु, विभिन्न संघ सस्थाका प्रमुख एवंम प्रतिनिधिहरु, अभिभावकहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा १९ वटै वडाबाट सहभागिता रहेको थियो ।