हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ सिँचाइटोल डेरा गरेर बस्ने एक जनाले आफ्नो साढे ४ वर्षकी छोरीलाई निर्मम यातना दिएका छन् ।
महोत्तरी एकडाँडा–३ का रामजी मण्डलले आफ्नी साढे ४ वर्षकी नाबालिग छोरीमाथि निर्मम यातना दिएका हुन् ।छोरीमाथि निर्मम यातना दिने २७ वर्षीय मण्डललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।
साढे ४ वर्षकी छोरीको हात, गालामा टोकेर गहिरो घाउ बनाउने, कान टोक्ने, आँखामा खुर्सानीको धुलो हाल्ने गरेको स्थानीय छिमेकीले देखेपछि बाल हेल्प लाइनको सहयोगमा मण्डललाई पक्राउ गरिए जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले बताए । मण्डलको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
आफूलाई सब ओभरसियर बताउने मण्डलले अबोध बालिकामाथि किन यातना दिए भन्ने विषय अझै नखुलेको बताउँदै उनले प्रहरीले सो बारे अनुसन्धान गरिरहेकोले सत्य तथ्य आउनेमा आफूहरू विश्वस्त रहेको बताए । नेपाल प्रेसबाट












प्रतिक्रिया दिनुहोस्