हेटौंडा । उत्तरी मकवानपुरमा रहेको नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण गर्ने अभियान थालेको छ । प्राधिकरणले विद्युत चुहावट नियन्त्रण अभियान सुरु गरेसंगै हुकिङ्ग गरी र मिटर वाईपास गरि विद्युत चुहावट गर्ने ग्राहक तथा उपभोक्ताको पहिचान गरि जरिवाना र कारवाही थालेको हो ।

पालुङ वितरण केन्द्रले मिटरको छड्के निरीक्षण सुरु गरे सँगै विद्युत चुहावट फेला परेको हो । वितरण केन्द्रले माघ महिनामा सञ्चालन गरेको अभियानका क्रममा ८ जना ग्राहकले विद्युत चुहावट गरेको फेला परेको छ । उक्त ग्राहकहरुबाट चुहावटका कारण क्षतीपुर्ती वापत एकलाख ४३ हजार जरिवाना असुल गरिएको पालुङ वितरण केन्द्रका प्रमुख माधब न्यौपानेले जानकारी दिए । विद्युत चुहावट नियन्त्रण अभियानका क्रममा बढी विद्युत खपतगर्ने ग्राहक तथा उपभोक्ताको छड्के र रिसिलिङ्ग समेत गरिएको उनले बताए ।

पालुङ वितरण केन्द्रले चालु आर्थिक बर्षको माघसम्म विद्युत महशुल नबुझाउने चारसय ५४ ग्राहकको लाईन काटेको प्रमुख न्यौपानेले जानकारी दिए । लाईन काटिएका ग्राहकको ८० लाख ४४ हजार बक्यौता रहेको र जस मध्ये ३ सय ७१ ग्राहकले बक्यौता बुझाई विद्युत जडान गरिसक्नुभएको छ । लाइन काटिएका ग्राहकबाट ७८ लाख ७७ हजार असुल भएको प्रमुख न्यौपानेले बताए । गोरखापत्रबाट साभार