हेटौंडा । राट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले राजनैतिक तथा नेतृत्व विकास सम्वन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । जिल्ला तथा नगरका पदाधिकारी सहित विभिन्न संगठनका प्रतिनिधिहरुको लागि प्रशिक्षणको अयोजना गरिएको पार्टीले जनाएको छ ।

राप्रपाको एजेण्डा,पार्टीको विचारलाई आम नागरिकसम्म कसरी पुर्याउने तथा नीति प्रति फिजाइएका भ्रमहरुलाई कसरी चिर्ने र आम नागरिकसम्म राप्रपालाई कसरी पुर्याउने भन्ने विषयमा पदाधिकारीहरुलाई प्रशिक्षण आयोजना गरिएको राप्रपा मकवानपुरले जनाएको छ ।

राप्रपाका उपाध्यक्ष धुर्ब बहादुर प्रधान र प्रशिक्षण बिभाग उपसंयोजक खुश्बु ओली र केन्द्रीय सदस्य अभिषेक जोशीले प्रशिक्षण दिएका थिए ।