हेटौँडा । हेटौँडाबाट मकवानपुर प्रहरीले १० किलो २७० ग्राम लागुऔषध गाँजासहित दुईजना महिला पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाश गाउँपालिका– ५ भैराङकी ३० वर्षीया अञ्जली गोले र हेटौँडा उपमहानगरपालिका– ३ बसामाडीकी ५१ वर्षीया ज्ञानुमाया गोले रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

उनीहरूलाई हेटौँडा उपमहानगरपालिका– ४ स्थित नारायणी मलनजिकै सडकमा हिँडिरहेको अवस्थामा शंका लागी खानतलासी गर्दा निजहरूले बोकेको झोलाभित्र लागुऔषध गाँजा फेला परेको थियो ।

पक्राउ परेका अञ्जली र ज्ञानुमायालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।