हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको नयाँ समिति सर्वसम्मत चयन भएको छ । शनिबार हेटौँडामा भएको अधिवेशनले नवराज वाईबाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
फोनिज मकवानपुरको उपाध्यक्षमा सन्देश थिङ, सचिवमा मनिता राना, कोषाध्यक्षमा भुवन घलान, सहसचिवमा निशा गुरुङ चयन भए । सदस्यमा जमुना थिङ, सम्झना थापा मगर, भुपेन्द्र राना मगर, अन्जना न्यासुर, दिव्यदृष्टि लामा, नवीन चौधरी, रविन्द्र वाईबा र विवेक सिन्तान चयन भए ।
फोनिज केन्द्रीय पार्षद्मा कृष्ण सारु मगर, आदर्श थोकर, रन्जिता डङ्गोल, सूवर्णलाल श्रेष्ठ, उमेश राई चयन भए भने प्रदेश पार्षद् अशोकसुजन श्रेष्ठ, रुपा गुरुङ, जयराम मुक्तान, सुरेन्द्र थिके, राजकुमार स्याङ्बो, आशिष बल, प्रमोद कुमार राई सर्वसम्मत चयन भए ।
फोनिज मकवानपुरको छैठौं अधिवेशनको अवसरमा अग्रज पत्रकार मोहन संगामीलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ भने नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरलाई बधाई पत्र प्रदान गरिएको छ । फोनिज मकवानपुरका निवर्तमान अध्यक्ष अशोकसुजन श्रेष्ठको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो ।












प्रतिक्रिया दिनुहोस्