हेटौँडा । मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविको प्रधानाध्यापकमा सपना लामा नियुक्त हुने भएकी छन् ।
विद्यालय ब्यवस्थापन समितिको बिहीबार बसेको बैठकले लामालाई प्रअ नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
विद्यालयमा २०६५ सालदेखि प्रधानाध्यापकको भूमिका निर्वाह गर्दै आएका भानुभक्त आचार्यले गत कात्तिक २५ गते राजीनामा दिएका थिए । २०६५ सालमा विद्यालयले माध्यमिक तहको अध्यापन सुरु गरेपछि प्रअको जिम्मेवारीमा रहेका आचार्यले दिएको राजीनामा विद्यालय ब्यवस्थापन समितिले गएको माघ १४ गते स्वीकृति गरेको थियो । प्रअका लागि छनोट भएपछि लामाले सबै शिक्षक, अभिभावक, ब्यवस्थापन समितिसँग समन्वयात्म रुपमा विद्यालयको पठनपाठन सुधार गर्दै जाने प्रतिक्रिया दिएकी छन् ।
विद्यालयमा प्रअ छनोट गर्न समितिले गरेको आब्हानमा ३ जना शिक्षकले आबेदन दिएका थिए । विद्यालयका सहायक प्रधानाध्यापक सुशील गौतम, निमावि राहतका शिक्षक ईश्वर रिजाल र स्थायी दर्बन्दीका प्राशि लामाले आबेदन दिएका थिए । पशुपतिनाथ माविमा हाल ५७५ जना बालबालिका अध्ययन गरिरहेका छन् ।












प्रतिक्रिया दिनुहोस्