सिन्धुली । सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा नमुना गाउँ सभाको अभ्यास भएको छ । बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय अन्र्तगतको प्रदेश युवा परिषद बागमतीको आयोजना, हरिहरपुरगढी गाउँपालिका सिन्धुलीको सहकार्य र इनलाइट कन्सलटेन्सी प्रालि भक्तपुरको व्यवस्थापनमा भएको गाउँ सभाको अभ्यास शुक्रवार समापन भएको हो ।
फागुन ६ गतेदेखि ९ गतेसम्म हरिहरपुरगढी गाउँपालिका झनझनेमा भएको चार दिने नमुना गाउँ सभाको अभ्यास कार्यक्रम समापन भएको हो । नमुना गाउँसभाको अभ्यास कार्यक्रममा अगाडि मञ्चमा पालिका प्रमुख, उपप्रमुख र सचिव छनोट गरेर राखिएको थियो । मञ्चको अघिल्लो लाइनमा गाउँपालिकाका सबै वडाका वडाध्यक्ष र वडा सदस्यहरू थिए ।
नमुना गाउँ सभाको अभ्यास कार्यक्रममा प्रमुख प्रशिक्षक श्यामकाजी खत्री, प्रशिक्षकद्वय निर्मला गौतम र अनिल पराजुलीले सहजिकरण गरेका थिए । प्रदेश युवा परिषद, बागमतीका कार्यालय प्रमुख रमेश घिमिरे, हरिहरपुरगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, प्रेस सेन्टर नेपाल मकवानपुरका अध्यक्ष एमपी शर्मा, प्रमुख प्रशिक्षक श्यामकाजी खत्री लगायतकाले सहभागिलाई प्रमाणपत्र वितरण गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्