हेटौँडा । शान्तिटोल टोल विकास संस्था हेटौँडा–६ शान्तिटोलद्वारा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सोमवारसम्म १५ लाख बढी रकम सङ्कलन भएको छ ।
सप्ताहमा हेटौँडा–६ शान्तिटोल निवासी महायज्ञका संयोजक केशव धितालबाट ५७ हजार ७१७, शिवम सिमेन्टबाट २१ हजार, रंगशाला गौरिटार टोल विकास संस्थाबाट १६ हजार ५, हेटौँडा–६ चौघडा निवासी नारायण प्रसाद लामिछानेबाट ११ हजार २२२, मोर्डन ईन्स्फाक्चरबाट ११ हजार १११, हेटौँडा–६ शान्तिटोल निवासी सावित्रीदेवी ढुङ्गानाबाट ११ हजार १११, सोहि ठाउँ निवासी तिर्थ खड्काबाट ११ हजार १११, हेटौँडा १७ चुच्चेखोला निवासी श्यामकुमार मानन्धरबाट ११ हजार १११, हेटौँडा ६ चौघडा निवासी दुर्गा लामिछानेबाट ११ हजार १११ र माथिल्लो हातीलेट टोल विकास संस्था हेटौँडा ६ बाट ११ हजार १११ सहयोग प्राप्त भएको छ ।
यसैगरी हेटौँडा १७ चुच्चेखोला निवासी शिव प्रसाद गौतमबाट १० हजार १५५, हेटौँडा–६ चौघडा निवासी निरज चौलागाईबाट १० हजार १५५, निकेश चौलागाईबाट १० हजार १५५, संसारिदेवी नवदिब्य महिला समूह, हेटौँडा ६ बाट १० हजार १११ रकम संकलन भएको महायज्ञका कोषाध्यक्ष पूर्णभद्र चौलागाईले बताए ।
हेटौँडा–६ मा रहेको विपी गणेशमान स्मृति शान्ति पार्कमा राधाकृष्ण मन्दिर र ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउने उद्वेश्यका साथ लगाईएको सप्ताह ज्ञान महायज्ञ फागुन १५ गतेसम्म सञ्चालन हुने संयोजक केशव धितालले बताए । युवा पण्डित बद्री विशाल शास्त्री ढुङ्गाना र निर्जल पौडेल उपवाचकबाट सुमधुर संगितका साथ दैनिक प्रवचन भैरहेको हुदा समस्त धर्मप्रेमी महानुभाहरुलाई प्रवचन श्रवणको लागि उपस्थित भई दिनुहुन आयोजक समितिले अनुरोध गरेको छ ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्