हेटौँडा । मकवानपुर प्रहरीले लागूऔषध सहित हेटौँडाबाट एक युवकलाई पक्राउ गरेको छ । हेटौँडा–१५, रातमाटेबाट प्रहरीले लागूऔषध सहित मकवानपुरको बकैया गाउँपालिका–४ का २४ वर्षीय नवीन सुनारलाई पक्राउ गरेको हो ।

पूर्वपश्मि राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेमा आइतवार बीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख ११६ नम्बरको बसमा सुरक्षाजाँच गर्ने क्रममा सुनारको साथबाट प्रहरीले लागूऔषध डाईजेपाम २८ एम्पुल, फेनार्गन ५९ एम्पुल र नुर्फिन १३ एम्पुल गरी १०० एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले सुनारलाई हिरासतमै राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।