हेटौँडा । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

मकवानपुरको थाहा नगरपालिका–३ शिखरकोटका १९ वर्षीय एलोन विष्टलाई बलात्कार गरेको आरोपमा  मंगलबार प्रहरीले हेटौंडाबाट पक्राउ गरेको हो ।

किशोरीको उजुरीको आधारमा युवकलाई पक्राउ गरेर कानुनी कारबाहीका लागि अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।