हेटौँडा । कर्मचारी मिलन केन्द्र, मकवानपुरको अध्यक्षमा डा. दिलिप राज पौडेल (कर्मचारी सञ्चय कोष, हेटौँडा) चयन भएका छन । जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कंडेलको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल गठन गरी नयाँ १७ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको हो ।
केन्द्रको उपाध्यक्षमा शान्ति विश्वकर्मा (जिल्ला समन्वय समिति, मकवानपुर) र सरोज राज पौडेल (जिल्ला प्रशासन कार्यालय, मकवानपुर), सचिवमा बसन्तराज गौतम (डिभिजन वन कार्यालय, मकवानपुर), सह–सचिवमा निकेश कठायत (संघीय जलाधार व्यवस्थापन स्रोत केन्द्र, कुलेखानी, मकवानपुर), कोषाध्यक्षमा श्रीराम पुडासैनी (भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेश) चयन भएका हुन ।
त्यस्तै केन्द्रको सदस्यमा चुडा कुमारी खड्का (जिल्ला प्रहरी कार्यालय, मकवानपुर), हेलेन उपाध्याय (नेपाल विद्युत प्राधिकरण, हेटौँडा), उद्धव प्रसाद अधिकारी (आन्तरिक राजस्व कार्यालय, हेटौंडा), लक्ष्मण मैनाली (हेटौंडा उपमहानगरपालिका), बिनोद कुमार शाह (जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मकवानपुर), अमृत श्रेष्ठ (प्रदेश नीति तथा योजना आयोग, हेटौंडा), सानु बाबु खनाल (नेपाल दूरसञ्चार कार्यालय, हेटौंडा), रमेश राज नेपाल (हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय), सम्झना श्रेष्ठ (भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेश), निशा न्यौपाने (प्रदेश प्रमुखको कार्यालय, बागमती प्रदेश, हेटौडा), मदन घिमिरे (डिभिजन वन कार्यालय, मकवानपुर) चयन भएका छन ।
कार्यक्रममा निवर्तमान अध्यक्ष रघुराम पराजुली र राष्ट्रिय परीक्षा वोर्डबाट सहसचिवमा पदोन्तीसहित सहसचिवमा वढुवा भई सेवा निवृत्त कृष्ण प्रसाद घिमिरेलाई मायाको चिनो मकवानपुरको पहिचान ठेकी र ढाकाको टोपी सम्मान गरिएको थियो । सोही अवसरमा डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख हेम बहादुर थापालगायत ६ जना नयाँ सदस्यहरुलाई स्वागत पनि गरिएको केन्द्रका सचिव बसन्तराज गौतमले जानकारी दिए ।
हेटौँडा–२ वनस्खण्डी मन्दिरमा कर्मचारी मिलन केन्द्र मकवानपुरको वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम भएको हो । केन्द्रका संरक्षक एवम् प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको विशेष अतिथिमा कार्यक्रम भएको थियो ।












प्रतिक्रिया दिनुहोस्