हेटाैँडा । मकवानपुर प्रहरीले हेटौंडा बसपार्क क्षेत्रबाट लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ  । पक्राउ पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ निवासी १९ वर्षीय प्रितम बल रहेको प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार असार ११ गते बिहान करिब ३ः१५ बजे हेटौंडा उपमहानगरपालिका १० स्थित बसपार्कबाट बललाई लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।

लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा उभिरहेका बललाई खानतलासी गर्दा १६ ग्राम ४०० मिलिग्राम खैरो हिरोईन फेला परेको उनले जानकारी दिए ।

पक्राउ परेका बललाई लागूऔषध मुद्दामा कारवाही गर्न जिल्ला अदालत मकवानपुरबाट ३ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता अर्यालको भनाई छ ।