हेटौँडा । हेटौँडाको राप्ती खोलामा डुबेर एक महिला मृत अवस्थामा फेला परेकी छन्। काठमाण्डौँ बुढानिलकण्ठ नगरपालिका–८ घर भएकी ३७ वर्षीया मिलन स्याङ्तान हेटौँडा उपमहानगरपालिका–१२, भोर्ले स्थित सुत्केरी खान माईती आएकी थिइन्।
एक महिनाको शिशु छोडी माईती घरबाट निस्किएपछि स्याङ्तान सम्पर्कविहिन बनेकी हुन्। खोजतलासको क्रममा आइतबार दिउँसो माईती घरबाट करिब ३ किलोमिटर पश्चिमतर्फ आपधाप नजिकै राप्ती खोलामा डुबेको अवस्थामा उनको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
हेटौँडा अस्पतालमा पोष्टमार्टम पश्चात मृतकको शव जेठाजु चिजबहादुर तामाङले बुझेका छन्।












प्रतिक्रिया दिनुहोस्