हेटाैँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १७, गैरीगाउँस्थित एक गोठमा आगलागी हुँदा गाई र बाछो जलेर मरेका छन् । बुधबार अपराह्न करिब ४ बजे स्थानीय आत्मालाल काफ्लेको गोठमा अचानक बिजुली सर्ट भई आगलागी हुँदा गाई र बाछो जलेर मरेको प्रहरीले जनाएको छ ।
आगलागीको खबर पाएपछि अस्थायी प्रहरी पोस्ट हटियाबाट प्रहरी नायब निरीक्षक सर्फलालप्रसाद यादवको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाइएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी पुष्कर बोगटीले जानकारी दिए ।
आगलागीका कारण गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ । घटनामा मानवीय क्षति भने भएको छैन । प्रहरी प्रवक्ता बोगटीका अनुसार आगलागीबाट करिब चार लाख रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्