हेटौँडा । काठमाडौं जोड्ने कान्ति लोकपथमा पहिरो खस्दा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–८, गंगटेस्थित सडक खण्डमा शनिबार दिउँसोदेखि सडकमाथिबाट अचानक पहिरो खस्दा सवारी आवागमन ठप्प भएको हो।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर राईको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ। प्रहरी सहायक निरीक्षक राईका अनुसार पहिरो खसेको स्थान इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब ६ किलोमिटर पूर्व–उत्तरमा रहेको छ। पहिरो अहिले पनि निरन्तर खसिरहेका कारण तत्काल पन्छाउन सकिने अवस्था रहेको छैन।
सडक अवरुद्ध भएपछि यस मार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन र यात्रुहरू प्रभावित भएका छन्। पहिरो हटाउने कामका लागि पहल भइरहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्