हेटाैँडा । मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु र चार जना घाइते भएका छन् । भीमफेदी–कुलेखानी–काठमाडौँ सडकको मकवानपुर भीमफेदी गाउँपालिका ६ एघारघुम्तीस्थित सडक खण्डमा हाइस गाडी दुर्घटनामा परी उदयपुर जिल्ला त्रियुगा नपा ११ गाईघाटका वर्ष ८६ का गोरे राईको मृत्यु र तीन जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार राईको हेटौँडा अस्पताल मकवानपुर उपचारको क्रममा चिकित्सकले शनिबार १ः२१ बजेको समयमा मृत्यु घोषणा गरेका हुन । राई गाडी ब्रेक फेल भई गाडीबाट हाम फाल्दा सोही गाडीको पछाडको टायरले कुल्चिएर टाउकोमा चोटलागेको र अवस्था गम्भीर भएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।
काठमाडाैँबाट हेटौँडाका लागी आउँदै गरेको बा ३ ख ७८७६ नं.को हाईस गाडी शनिबार बिहान दुर्घटना भएको थियो । उक्त गाडी ब्रेक फेल भई सडकको भित्तामा ठोक्किन गई दुर्घटना हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
घाईते हुनेहरुमा उदयपुर जिल्ला त्रियुगा नपा ११ गाईघाटकी ६२ वर्षीया हर्क माया राई, त्रियुगा नपा १० गाईघाटका वर्ष ४० शम्भु कटुवाल र सिन्धुली जिल्ला दुधौली नपा १० का २१ वर्षीय दीपक बुढाक्षेत्री रहेका छन। सवारी चालक उदयपुर जिल्ला त्रियुगा नपा ११ का ५० वर्षीय गणेश खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया दिनुहोस्