हेटौँडा । हेटौँडा–६, चौघडास्थित चौघडा बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
संस्थाको असोज १० गते सम्पन्न १८औँ वार्षिक साधारणसभा तथा अधिवेशनले विजयकुमार श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको थियो । नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन उपसमितिका संयोजक अर्जुनप्रसाद चौलागाईंले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
संस्थाको उपाध्यक्षमा त्रिविक्रम मानन्धर, सचिवमा तारानाथ चौलागाईं र कोषाध्यक्षमा शुभद्रा कोइराला निर्वाचित भएका छन् । सदस्यमा रामचन्द्र अधिकारी, पुष्पाकुमारी जोशी, गोमा लामिछाने, राजकुमार कायस्थ र सुवोधकुमार भट्टराई चयन भएका छन्।
त्यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा विजयकुमार हुमागाईं तथा सदस्यमा बुद्धरत्न मानन्धर चयन भए ।
निर्वाचन उपसमितिका संयोजक अर्जुनप्रसाद चौलागाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, गरिबी निवारण साकोसका अध्यक्ष कृष्णप्रसाद सापकोटा, प्रहरी चौकी चौघडाका इन्चार्ज सूर्यबहादुर श्रेष्ठ, रक्षादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीचरण श्रेष्ठ, संस्थाका पूर्वसचिव अर्जुनप्रसाद हुमागाईं, निर्वाचन उपसमिति सदस्य रविन्द्रकुमार गौतम, सञ्चालक समितिका पदाधिकारी तथा कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
संस्थाका व्यवस्थापक दीपा श्रेष्ठका अनुसार सहकारीको शेयर पुँजी दुई करोड ९५ लाख रुपैयाँ, निक्षेप ३४ करोड ५४ लाख रुपैयाँ र ऋण लगानी ३० करोड ४३ लाख रुपैयाँ रहेको छ । संस्थामा दुई हजार आठ सय २४ जना शेयर सदस्य आबद्ध रहेका छन् ।


भीमसेन पौडेल 








प्रतिक्रिया दिनुहोस्