काठमाडौँ । शेयर बजार लगातार तेस्रो दिन पनि बढेको छ । स्थानीय निर्वाचनको मिति नजिकिएसँग बजार आज उच्च अंकले बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४४.१६ अंकले बढेको हो । १.९५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २३१२ अंकमा उक्लिएको छ ।
आज २२६ कम्पनीका ३३ लाख ३० हजार १ सय ५० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४ सय ६९ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार उच्च अंकले बढेको दिन आज सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह २३६.८१ अंकले बढेको हो ।
आज ६ वटा कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । बरुण हाइड्रो, ङादी ग्रुप पावर, जाल्पा सामुदायिक लघुवित्त, यूनिभर्सल पावर कम्पनी, दिब्यश्वरी हाइड्रो र नेशनल हाइड्रोको शेयर मूल्य क्रमशः १०, १०, १०, ९.९७, ९.१७ र ९.०८ प्रतिशतले बढेको हो । त्यसैगरी एनआईबीएल समृद्धि फण्ड २ का लगानीकर्ताले सबैभन्दा बढी ४.८२ प्रतिशतले घाटा व्यहोरेका छन् ।
नेप्सेका अनुसार आज ङादी ग्रुप पावर लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ९ करोड ९८ लाख ३ हजार ७०.३० रुपियाँ बराबरको कारोबार भएको हो ।
साताको पहिलो दिन आइतबार पनि १७.९५ अंकले बजार बढ्दा १ अर्ब ३२ करोड ६४ लाख २१ ह्जार ६ सय ६२ रुपियाँ र हिजो सोमबार १२.२७ अंकले बजार बढ्दा १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७ सय २ रुपियाँ बराबरको कारोबार भएको थियो ।
















प्रतिक्रिया दिनुहोस्