हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–९ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार टंकध्वज लोप्चन विजयी भएका छन् ।

उनले ७ सय ३२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका प्रत्यासी नेकपा माओवादी केन्द्रका उम्मेदवार रामचन्द्र प्रसाद लामिछानेले ४ सय ७५ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार वीरबहादुर भूलोनले ४ सय २६ मत पाएका छन् ।

वडा सदस्यमा नेपाली कांग्रेसकै बुद्धलक्ष्मी सुनार (७१९), मंगलीमाया स्याङ्तान (६५६), एकबहादुर घले (६३०) र रमेश भोम्जन (७३५) मत प्राप्त गरेर बिजयी भएका हुन ।

यसअघि बकैया–१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार आशिष तितुङ, बकैया–२ मा नेकपा माओवादीका विश्वराज स्याङ्तान, बकैया–६ मा नेकपा एमालेका उम्मेदवार फुलबहादुर भोम्जन, बकैया–८ मा नेकपा माओवादी केन्द्रका विष्णु नेगी, बकैया–१० मा नेपाली कांग्रेसकी कमला वाईबा, बकैया–११ मा नेपाली कांग्रेसका गोपाल बहादुर नेसुर, बकैया–१२ मा नेपाली कांग्रेसका ज्ञानेन्द्र बजगाई वडा अध्यक्षमा निर्वाचित भइसकेका छन् ।