काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्थाको ६ लाख ५६ हजार २ सय ५० कित्ता आईपीओ नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुमा (कर्मचारीसमेत) वितरण गरेको २ लाख ३६ हजार २ सय ५० कित्ता र संस्थापकहरुले लगानी गरेको ४ लाख २० हजार कित्ता समेत कूल ६ लाख ५६ लाख २ सय ५० कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
नेप्से र कम्पनीबीच जेठ १० गतेको निर्णय अनुसार आज धितोपत्र सूचीकरण सम्बन्धी सम्झौता भएको हो ।
धितोपत्र सूचीकरण भएपछि अब भोलिबाट उक्त कम्पनीको शेयर दोस्रो बजारमा कारोबार शुरु हुनेछ । शेयर कारोबारका लागि रु. ४०३.९१ देखि रु. १२११.७३ ओपन रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्