काठमाडौँ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको १२ लाख १६ हजार ४ सय १८ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता र संस्थापकहरुले लगानी गरेको ८ लाख २१ हजार ८२ कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको हो । उक्त शेयर सोमबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ । शेयर कारोबारका लागि नेप्सेले रु. ३४४.३६ देखि रु. १०३३.८ ओपनिङ रेञ्ज दिएको छ ।