काठमाडौँ । पिपुल्स पावर लिमिटेडले ३१ करोड रुपियाँ बराबरको ३१ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
उक्त कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आज आईपीओ निष्काशनको अनुमति प्रदान गरेको हो ।
सेबोनबाट अनुमति पाएसँगै अब कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको हो । आईपीओ निष्काशनका लागि यसअघि नै प्रभु क्यापिटललाई बिक्री प्रबन्धक चयन गरिसकेको छ ।
उक्त कम्पनीले इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्