हेटौंडा । मकवानपुरमा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सोमबारदेखि पुनः सुरु हुने भएको छ । असार २ गतेबाट परिचयपत्र विवरण संकलन रोकिएको थियो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार सूचना जारी गर्दै विवरण संकलन पुनः हुने जानकारी गराएको हो ।
असार १ गते राती वर्षासँगै परेको चट्याङले राउटर र मेसिन बिग्रिएर २ गतेदेखि स्थगित भएका विवरण संकलन कार्य असार ६ गते सोमबार देखि पुनः संचालन गरिने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।












प्रतिक्रिया दिनुहोस्