हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोश्रो बार्षिक उत्सवको अवसरमा आज हेटौंडा अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ ।
अस्पतालमा उपचाररत ७० जना बिरामीलाई फलफुल वितरण गरिएको हो । प्रतिष्ठानले जुस, केरा, स्याउ सहितको फलफुल वितरण गरेको थियो । फलफुल वितरण गर्दै प्रतिष्ठानका पदाधिकारीले बिरामीको शिघ्र स्वास्थ लाभको कामना गरेका थिए । हेटौंडा अस्पतालको इर्मेजेन्सी, प्रसुति वार्ड र अन्य बिरामी भएको स्थानमा पुगेर प्रतिष्ठानले बार्षिक उत्सवको अवसरमा फलफुल वितरण गरेको थियो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशी, रजिष्टार राजेश प्रसाइ, शिक्षाध्यक्ष प्राध्यापक डाक्टर सतिश कुमार देव, कार्यक्रम संयोजक चिरञ्जीवि चुडाल, प्रमुख प्रशासकिय अधिकृत अमर अधिकारी लगायतकाले बिरामीलाई प्रत्यक्ष भेटेर फलफुल वितरण गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्