हेटौंडा । डिभिजन वन कार्यालय, मकवानपुर, हेटौंडाको आयोजनामा हेटौडा–१५ रातोमाटेमा सरसफाई गरिएको छ ।

स्थानीय तह र प्रदेश सरकारको सहकार्यमा सडक आसपास क्षेत्रमा प्लाष्टिक लगायतका फोहोर सरसफाई गर्ने कार्यक्रम अन्तरगत सडकको दायाँबाया सरसफाई गरिएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री बिशाल खड्काले सरसफाई घरबाटै गर्नु पर्ने बताए । सडकको दायाँबायाँ सरसफाई गर्न स्थानीय तह, सामाजिक संघसंस्था र स्थानीय जनताहरु सक्रिय हुनु पर्नेमा मन्त्री खड्काले जोड दिए । कार्यक्रममा राजमार्गमा चल्ने सवारीसाधनमा सचेतनामुलक स्टीकर समेत टासिएको थियो ।

हेटांैडा–१५ का वडा अध्यक्ष सुनिल मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख ललित घलान ,शशस्त्र प्रहरी उपरिक्षक नेत्र बहादुर कार्की, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, रातोमाटे टोल विकास संस्थाकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, सुरक्षाकर्मी, विद्याथी, स्थानीय, सामुदायिक वनका पदाधिकारी, सञ्चारकर्मी, वनका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

भीमसेन पौडेल
थप जानकारी