हेटौंडा । डिभिजन वन कार्यालय, ,मकवानपुरको आयोजनामा वृक्षारोपण गरिएको छ ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा कार्यालयले मदन भण्डारी लोकमार्ग अन्तरगत हेटांैडा–६ को गौरीटार र १६ को चिसापानी क्षेत्रको सडकको किनारामा वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा कल्की, कारविरा, विरेन्द्र फूल, मिनि गोलमोहर, कपुर लगायतका ६ सय विरुवाको वृक्षारोपण गरिएको हर्नामाडी सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दीपक पुडासैनीले बताए ।

हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवम हेटौडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोईरालाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका वन निर्देशक विद्यानाथ झा, हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल,सहायक वन अधिकृत बसन्तराज गौतम, चिसापानी सामुदायिक वनका अध्यक्ष नारायण प्रसाद ढकाल, घयाम्पे सामुदायिक वनकी अध्यक्ष दुर्गा महत, वनका कर्मचारी, स्थानीय र सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

भीमसेन पौडेल
थप जानकारी