हेटौंडा । माओबादी केन्द्रको केन्द्रिय सदस्यमा मकवानपुरका प्रल्हाद लामिछाने मनोनित भएका छन् ।
सोमबार माओबादी केन्द्र मकवानपुर जिल्ला समन्वय समितिको बैठकमा लामिछाने केन्द्रिय सदस्य भएको सर्कुलर आएको हो ।
लामो समय देखि माओबादी राजनितीमा सक्रिय लामिछाने जनयुद्ध ताका मकवानपुर सेक्रेटरी, राज्य समिति सदस्य, मकवानपुर जिल्ला सह इन्चार्ज तथा संबिधान सभा सदस्य पनि हुन।
लामिछाने हाल बागमति प्रदेश नीति तथा योजना आयोगका सदस्य समेत हुनुहुन्छ ।
लामिछाने सहित मकवानपुरबाट माओबादी केन्द्रको केन्द्रिय सदस्यमा कुमारी मोक्तान, सन्तोष बिष्ट, बिजय गौतम, मान कुमारी नेपाली, प्रमिला पुलामी, रामनारायण बिडारी रहेकाछन ।


राज कुमार के.सी. 









प्रतिक्रिया दिनुहोस्