हेटौंडा । सव डिभिजन वन कार्यालय,हेटौडाको आयोजनामा रातोमाटेमा एक दिवसीय अपराध नियन्त्रण सम्वन्धि सचेतनामुलक गोष्ठीको आयोजना गरिएको छ ।
कार्यालयको चालु आव. ०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार गोष्ठीको आयोजना गरिएको हो । वनमा हुने विभिन्न प्रकारका अपराधहरुलाई नियन्त्रण गर्ने उद्धेश्यका साथ गोष्ठीको आयोजना गरिएको हो ।
गोष्ठीमा हेटौडा–१५ का वडा अध्यक्ष सुनिल मुक्तानले सबैको सामुहिक प्रयासबाट मात्रै अपराध नियन्त्रण हुने बताए । सबै प्रकारका अपराध न्यूनीकरण गर्न जनप्रतिनिधी, सुरक्षा निकाय, सामुदायिक वन,सञ्चारकर्मी, नागरिक समाजको भूमिका महत्वपूर्ण हुने हुँदा सबैको हातेमाले आवश्यक रहेकोमा उनले जोड दिए । गोष्ठीमा सव डिभिजन वन कार्यालय, हेटौडाका प्रमुख रामचन्द्र श्रेष्ठ र फरेष्टर यदु कुमार घिमिरेले सहजीकरण गरेका थिए ।
गोष्ठीमा अपराध नियन्त्रण गर्न शिखरपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्र बहादुर पाख्रिनको संयोेजकत्वमा ९ सदस्यीय अपराध नियन्त्रण सञ्जाल गठन गरिएको छ । समितिको सदस्यहरुमा बालकुमारी थापा, केशव प्रसाद न्यौपाने, सूर्य बहादु घलान, ईश्वर पाख्रिन, लक्ष्मी श्रेष्ठ, रामजी लो, पदम बहादुर लो र सोम बहादुर लामा रहेका छन ।
गोष्ठीमा विभिन्न सामुदायिक वनका पदाधिकारी, सुरक्षाकर्मी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्