हेटौंडा । हेटौंडा उपमहानगरपालिका–७ नागसोतीमा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जना घाइते भएका छन ।
नागसोतिस्थित भित्रि सडकखण्डमा हरियालिबाट पशुपतीनगर जाँदै गरेक प्रदेश २–०३००१ प ५२५८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा ४२ प २२२२ नम्बरको मोटरसाइकल एकआपसाम ठोक्किँएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेमा हेटौंडा–७ कमाने बस्ने बर्ष २५ को प्रशान्त खड्का, हेटौडा–१९ बस्तिपुर बस्ने बर्ष २० को मनिस कँडेल र हेटौडा ६ रामनगर बस्ने बर्ष ४५ को राजेश राई रहेका छन् ।
घाइते तीनै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्