काठमाडौँ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आयोजना प्रभावितका लागि जेठ २४ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन खुला गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीयका लागि ६ लाख १२ हजार ७ सय ९३ कित्ता शेयर निष्काशन गर्न लागेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
उक्त कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ६ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताले छिटोमा असार ७ गतेसम्म र ढिलोमा असार २२ गतेसम्म आवेदन दिन पाउने छन् ।
कम्पनीले स्थानीय र सर्वसाधारणका लागि कूल २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता आईपीओ निष्काशनका लागि सेबोनबाट अनुमति पाएको छ । स्थानीयलाई शेयर बिक्री गरेपछि सर्बसाधारणका लागि आईपीओ निष्काशन गरिने बिक्री प्रबन्धकले जनाएको छ ।
कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।
















प्रतिक्रिया दिनुहोस्