हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ११ मा नेपाली काँग्रेसको प्यानलै बिजयी भएको छ ।

नेपाली काँग्रेसका तर्फबाट सर्वाधिक मत ल्याएर गोपाल बहादुर नेसुर बिजयी भएका हुन । उनले ७ सय ६० मत प्राप्त गरेका थिए । उनका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवारले ३ सय २३ मत प्राप्त गरेका थिए ।

उनी बकैया गाउँपालिका वडा नं. ११ मा अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि लोकप्रिय मत ल्याएर बिजयी भएका उम्मेद्वार हुन ।