हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले प्रविधिको प्रयोग गर्दै नगरबासीको सुझाव तथा सल्लाह सङ्कलनका लागि ‘क्युआर कोड’ सार्वजनिक गरेको छ ।
उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट, नीति तथा कार्यक्रमहरू तय गर्नका लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले क्युआर कोड सार्वजनिक गरेको हो ।
उपमहानगरपालिकाले निर्माण गरेको क्युआर कोड प्रत्येक वडा कार्यालय, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र साथै उपमहानगरपालिकाको फेसबुक पेज र ट्विटर एकाउन्टमार्फत सार्वजनिक गरिएको हो ।
उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले आगमी वर्षको बजेट, नीति तथा कार्यक्रमका निर्माणका क्रममा उपमहानगरपालिकाले सर्वसाधरणलाईसमेत समेट्ने उद्देश्यले क्युआर कोड सार्वजनिक गरेको बताइन् ।












प्रतिक्रिया दिनुहोस्