हेटौंडा । टिभिएस अपाचेले हेटौंडामा ओनर ग्रुप (एओजी) राइड कार्यक्रम आयोजना गरेको छ । हेटौंडा अटो मार्ट प्रालिले हेटौंडा बजार, माछा प्लान, त्रिवेणीधाम, तपोवन हुँदै शहिद स्मारक सम्म राइड कार्यक्रम गरेको हो । कार्यक्रममा हेटौंडाका १२ जना र चितवनका १५ जना सहित २७ जना राइडरको सहभागिता रहेको थियो ।
टिभिएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत मकवानपुरको बागमतीको झुरझुरे, मकवानपुरगढीमा यो कार्यक्रम गरिसकेको छ । राइड कार्यक्रममा कम्पनीले सवारी तथा सडक सुरक्षा सम्बन्धी जानकारी समेत उपलब्ध गराएको थियो । यात्राका सहभागीले सडक सुरक्षा सम्बन्धमा थप जानकारी पाएकोमा खुसी व्यक्त गरे ।
हेटौंडा स्थित हेटौंडा अटो मार्ट प्रालिले बिहिवार र शुक्रवार दुई दिन फ्रि सर्भिस क्याम्प पनि आयोजना गरेको थियो । क्याम्पमा ७० जनाले सेवा लिएको अटो मार्ट प्रालिका संचालक प्रवेशराज बरुवालले जानकारी दिए । फ्रि सर्भिस क्याम्पमा सेवा लिन पाउँदा ग्राहकहरु अत्यन्तै खुसी भएको उनले बताए ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दुईपांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलर छन् ।












प्रतिक्रिया दिनुहोस्